गढिमाईका एक दर्जन यादव नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

गढिमाईका एक दर्जन यादव नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार २१:३५
गढिमाईका एक दर्जन यादव नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

काठमाडौं : रौतहटको गढिमाई नगरपालिकाबाट यादव समुदायका एक दर्जन नेताकार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

आज काठमाडौंको मध्यबानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेमा राजेन्द्र यादव, बिगु राय यादव, हरेन्द्र प्रसाद यादव, भोजेन्द्र राय यादव, भुट्टा राय यादव, र रुद्र राय यादवलगायतका नेताहरू रहेका छन्।

उनीहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै जनमत पार्टी रोजेका हुन्।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नवप्रवेशी नेताकार्यकर्ताहरूलाई खादा र अबिर लगाएर स्वागत गरेका थिए। साथै, उनले पार्टीको सदस्यता पनि वितरण गरेका थिए।

जनमत पार्टीले स्थानीय तहमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै आएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार २१:३५

तपाईको प्रतिक्रिया !