मधेश प्रदेशमा प्रहरी पूर्वाधार सुदृढीकरणका लागि व्यापक छलफल

मधेश प्रदेशमा प्रहरी पूर्वाधार सुदृढीकरणका लागि व्यापक छलफल
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार २१:५४
मधेश प्रदेशमा प्रहरी पूर्वाधार सुदृढीकरणका लागि व्यापक छलफल

जनकपुरधाम : मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहत इकाईहरूमा भौतिक पूर्वाधार, सवारीसाधन र प्रविधिक उपकरणको अभाव रहेको भन्दै जनकपुरधाममा छलफल गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंह,गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी र प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको सहभागिता थियो।

ADVERTISEMENT

कार्यक्रममा प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयहरूको संरचनागत कमजोरी, प्रविधिको अभाव, अनुसन्धानका चुनौती र जनशक्ति अभिवृद्धिका आवश्यकता विषयमा छलफल गरिएको थियो।

छलफलमा सुरक्षा संयन्त्र सुदृढीकरणका लागि तत्काल पूर्वाधार विकास आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

उठाइएको विषयलाई समेटेर नीति निर्माण र बजेट व्यवस्थाका लागि तयारी सुरु गरिने आयोजकको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार २१:५४

तपाईको प्रतिक्रिया !