समुदायमा कानुनी सचेतना फैलाउन मधेशका मुख्य न्यायाधिवक्ता महतो पुगे जिराभवानी

समुदायमा कानुनी सचेतना फैलाउन मधेशका मुख्य न्यायाधिवक्ता महतो पुगे जिराभवानी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार १९:३७
समुदायमा कानुनी सचेतना फैलाउन मधेशका मुख्य न्यायाधिवक्ता महतो पुगे जिराभवानी

जनकपुरधाम : पर्साको जिराभवानी गाउँपालिकामा समुदायमा कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुख्य न्यायाधिवक्ता संवाद कार्यक्रम’ सम्पन्न भएको छ। मधेश प्रदेश सरकारअन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधाम धनुषाको आयोजना तथा जिराभवानी गाउँपालिका र वीरगञ्ज जेसिजको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले संविधान र कानुनी व्यवस्था सबै नागरिकका लागि समान भएको उल्लेख गर्दै नागरिकले कानुनको दायराभित्र रहेर सेवा र व्यवहार गर्नुपर्ने बताए।

ADVERTISEMENT

उनले बालविवाह, दाइजो प्रथा, महिला हिंसा, छुवाछुत, भ्रष्टाचार, अनियमितता र घूसजस्ता कार्य कानुनी रूपमा अपराध भएको स्पष्ट गर्दै यस्ता कार्यविरुद्ध नागरिक स्वयं सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणले कानुनी प्रक्रिया, अपराध पहिचान र न्यायिक अधिकारबारे जिज्ञासा राखेका थिए।

कार्यक्रममा सहजीकरणको भूमिका मुख्य न्यायाधिवक्ता महतोका साथै सहायक न्यायाधिवक्ता मनोहर लम्साल, कानुनी सहायता अधिकृत दिव्या सिंह, उपेन्द्र साह, रुबी कुमारी मेहता, चन्द्रदिय गोइत, गोविन्द पण्डित, दिपेन्द्र तैथबार यादव र सत्यम झाले निभाएका थिए।

जिराभवानी गाउँपालिका -३ स्थित विवाह मण्डपमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अनोज चौधरी प्रमुख अतिथि रहेका थिए। वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरज राय थारु र दारा सिंह राउत थारुको पनि उपस्थिति थियो।

कार्यक्रमको स्वागत मन्तव्य वीरगञ्ज जेसिसका अध्यक्ष तथा गाउँपालिका बोर्ड सदस्य सरोज चौरसियाले राखेका थिए।

पदाधिकारी तथा सहभागीहरूले कार्यक्रमले समुदायमा कानुनी चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार १९:३७

तपाईको प्रतिक्रिया !