सप्तरीमा चट्याङ लागेर सात वर्षीय बालिकाको मृत्यु

सप्तरीमा चट्याङ लागेर सात वर्षीय बालिकाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार २०:२९
सप्तरीमा चट्याङ लागेर सात वर्षीय बालिकाको मृत्यु

राजविराज : सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ।

मृत्यु भएकी बालिका भारत उत्तरप्रदेशको सामली जिल्लास्थित केरना–८१ घर भई हाल सप्तरीमा अस्थायी रूपमा बस्दै आएकी ७ वर्षीया जेनव खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

ADVERTISEMENT

शनिबार बिहान करिब साढे ५ बजे चट्याङ पर्दा गम्भीर घाइते भएकी जेनवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सोही चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुबै बालबालिकाका परिवार सप्तकोशी नदीको बगर क्षेत्रमा अस्थायी टहरा हालेर बसोबास गर्दै आएका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार २०:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !