चिनियाँ नागरिकसँग नेपाल-भारतको सीमा क्षेत्रमा भेटिएका दुई नेपाली प्रहरीको निगरानीमा

चिनियाँ नागरिकसँग नेपाल-भारतको सीमा क्षेत्रमा भेटिएका दुई नेपाली प्रहरीको निगरानीमा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ३, शनिबार १४:३७
चिनियाँ नागरिकसँग नेपाल-भारतको सीमा क्षेत्रमा भेटिएका दुई नेपाली प्रहरीको निगरानीमा

जनकपुरधाम : सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक यू सिचाओलाई एसएसबीले नियन्त्रणमा लिएर भारततर्फ लगेको हो ।

शुक्रबार दिउँसो उनलाई नेपालका दुई नागरिकसँगै नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ । तर, बरियारपट्टीकै डा. सञ्जित दास र मुकेश दासलाई राति फर्काइएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले जानकारी दिए ।

ADVERTISEMENT

प्रहरीका अनुसार उनीहरूलाई सोधपुछका लागि बोलाइएको छ । घटनाबारे विस्तृत जानकारी भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

फिर्ता पठाइएका डा. दास चिनियाँ नागरिक यू सिचाओका साथी भएको बुझिएको छ । उनी चीनमै एमबीबीएस अध्ययन गर्ने क्रममा सिचाओसँग चिनजान भएका थिए ।

चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएको उनको पासपोर्टबाट खुलेको छ । भारतीय पक्षले शंकास्पद गतिविधिमा संलग्न भएको दाबी गर्दै उनलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १४:३७

तपाईको प्रतिक्रिया !