अभद्र भाषा प्रयोग गर्ने ‘न्यू स्टार’ अमित यादव प्रहरीको फन्दामा

अभद्र भाषा प्रयोग गर्ने ‘न्यू स्टार’ अमित यादव प्रहरीको फन्दामा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार १०:१२
अभद्र भाषा प्रयोग गर्ने ‘न्यू स्टार’ अमित यादव प्रहरीको फन्दामा

जनकपुरधाम : सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गर्दै आएका धनुषाका ‘न्यू स्टार’ का नामले परिचित अमित यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–८, लवटोलीबाट उनलाई शुक्रबार राति विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। टोली जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको थियो।

ADVERTISEMENT

यादवले टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा लगातार रूपमा अश्लील तथा अभद्र शब्द प्रयोग गर्ने भिडियोहरू पोस्ट गर्दै आएका थिए।

यसले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै स्थानीय युवाहरूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदै कडा कारबाहीको माग गरेका थिए।

प्रहरीले यादवविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १०:१२

तपाईको प्रतिक्रिया !