रत्ननगरमा बस दुर्घटना : १५ जना घाइते, अवस्था खतरामुक्त

रत्ननगरमा बस दुर्घटना : १५ जना घाइते, अवस्था खतरामुक्त
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २, शुक्रबार ०८:३१
रत्ननगरमा बस दुर्घटना : १५ जना घाइते, अवस्था खतरामुक्त

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किँदा १५ जना घाइते भएका छन्। लहानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो।

बसमा ३९ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेहरुलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।

ADVERTISEMENT

घाइतेमध्ये चार जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्यलाई बकुलहर अस्पतालमा भर्ना गरिएको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २, शुक्रबार ०८:३१

तपाईको प्रतिक्रिया !