पर्साको जगरनाथपुरमा कांग्रेस र एमालेका सयौं नेताहरु जनमत प्रवेश

पर्साको जगरनाथपुरमा कांग्रेस र एमालेका सयौं नेताहरु जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २८, आईतवार १०:०३
पर्साको जगरनाथपुरमा कांग्रेस र एमालेका सयौं नेताहरु जनमत प्रवेश

जगरनाथपुर : पर्साको जगरनाथपुर गाउँपालिकामा विभिन्न पार्टी छाड्दै सयौं नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् ।

शनिबार जगरनाथपुर गाउँपालिका-५ मा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा नेपाली कांग्रेस ,एमाले र जसपा नेपालकासहित विभिन्न पार्टी परित्याग गरि जनमत पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका नेता शिवजी पटेल ,राधेश्याम पटेल,भोला पटेल,ध्रुव गद्दी ,नेकपा एमालेका नेता नेता ध्रुव राउत गद्दी ,नइम राउत गद्दी ,हिरालाल महरासहित जसपा नेपालका सयौं भन्दा बढी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पार्टीमा भित्र्याएको छ।

oplus_2

oplus_2

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई गम्छा फुलमाला र अबिर लगाएर पार्टी अध्यक्ष डा.राउतले स्वागत गरेको हो।

पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले गणतान्त्रिक संघियतालाई समाप्त पार्न सत्ताधारी दलहरुनै सकृय रहेको टिप्पणी गरेका छन् ।

संघियाताकै बलमा मधेशका युवाहरु निजामती ,प्रहरी , सेना तथा सरकारी अड्डाहरु अवसर पाउँदा शोसक वर्गले संघियता विरुद्धनै जालझेल सुरु गरेको अध्यक्ष डा.राउतको दावी छ।

उक्त पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह,संगठन विभाग प्रमुख डा.जयकान्त राउतले संगठनलाई स्थानीय तहका वडावडामा संगठन मजबुत बनाउनको लागि नेताकार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

जनमत पार्टी पर्सा जिल्ला इन्चार्ज ओम प्रकाश सरार्फ,पार्टीका नेता माधव प्रसाद सिंह,युवा नेता राजु गिरी ,बिनय यादव,नजमा खातुन ,जीवन त्यागीसहित पार्टीका केन्द्रिय नेताकार्यकर्ताहरुको उपस्थितमा भएको कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम जनमत पार्टी मधेश प्रदेश सदस्य बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १०:०३

तपाईको प्रतिक्रिया !