डा. सीके राउतद्वारा पर्साको पोखरीयामा माटो पार्कको शिलान्यास

डा. सीके राउतद्वारा पर्साको पोखरीयामा माटो पार्कको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २७, शनिबार ११:३९
डा. सीके राउतद्वारा पर्साको पोखरीयामा माटो पार्कको शिलान्यास

पोखरीया : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले पर्सा जिल्लाको पोखरीया नगरपालिका–९ स्थित चार बिघा जग्गामा निर्माण हुन लागेको “माटो पार्क” को शिलान्यास गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष डा.राउतले शिलान्यास गरेका हुन् ।

पार्कको निर्माणका लागि मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। यो पार्क जनमत पार्टीको विशेष परियोजनाको रूपमा अगाडि सारिएको छ, जसमा मधेश प्रदेशका १३६ वटै स्थानीय तह (पालिका) को ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने स्थलहरूको माटो संकलन गरी त्यसलाई पार्कमा स्थापनाको तयारी गरिएको छ।

डा. राउतले केही वर्ष अघि सञ्चालन गरेको “माटो यात्रा” अभियान अन्तर्गत उनले मधेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए ।जुन माटोलाई यस पार्कमा स्थापित गरिने जानकारी दिइएको छ। उनले उक्त पार्कलाई मधेशको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा वन डिभिजन कार्यालयका प्रमुख मंजुर अहमद, पोखरीया नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा जनमत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पार्क निर्माण पश्चात यसले पर्यटकीय आकर्षण र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार ११:३९

तपाईको प्रतिक्रिया !