जनमत पार्टीका शीर्ष नेताहरू विंध्यासिनी भगवती मन्दिरमा पूजापाठमा सहभागी

जनमत पार्टीका शीर्ष नेताहरू विंध्यासिनी भगवती मन्दिरमा पूजापाठमा सहभागी
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २७, शनिबार ०९:५२
जनमत पार्टीका शीर्ष नेताहरू विंध्यासिनी भगवती मन्दिरमा पूजापाठमा सहभागी

पर्सा : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित पार्टीका शीर्ष नेताहरूले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१९ स्थित प्रसिद्ध विंध्यासिनी भगवती मन्दिरमा पूजापाठ गरेका छन्।

शनिबार बिहान मन्दिर परिसरमा आयोजित पूजापाठमा डा. राउतसँगै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, संगठन विभाग प्रमुख डा. जयकान्त राउत, वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायत पार्टीका अन्य नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

पूजापाठ पछि संक्षिप्त मन्तव्य दिँदै डा. राउतले धार्मिक, सांस्कृतिक र सामाजिक विविधताको सम्मान गर्दै जनमत पार्टी सबै समुदायको भावनालाई आत्मसात गर्दै अघि बढिरहेको बताए। उनले धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा सरकारको ध्यान जानु आवश्यक रहेको पनि उल्लेख गरे।

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार धार्मिक पर्यटन प्रवर्द्धनमा क्रियाशील रहेको र यस्ता कार्यक्रमहरूले स्थानीय समुदाय र धार्मिक पर्यटनलाई सशक्त बनाउने विश्वास व्यक्त गरे।

विंध्यासिनी भगवती मन्दिर वीरगञ्जको एक ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल हो। यहाँ प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजनहरूको आगमन हुने गर्दछ।

प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार ०९:५२

तपाईको प्रतिक्रिया !