बाराको सिम्रौनगढमा विभिन्न पार्टीका सयौं नेता जनमत प्रवेश

बाराको सिम्रौनगढमा विभिन्न पार्टीका सयौं नेता जनमत प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २६, शुक्रबार १९:२६
बाराको सिम्रौनगढमा विभिन्न पार्टीका सयौं नेता जनमत प्रवेश

सिम्रौनगढ : बाराको सिम्रौनगढ नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

शुक्रबार जनमत पार्टी सिम्रौनगढ नगर कार्यसमितिद्वारा सिम्रौनगढमा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी नेपाल ,नेकपा एमाले र आम जनता पार्टीका सयौं नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका हुन् ।

ADVERTISEMENT

नेपाली कांग्रेसका युवा नेता अजित महतो,मनोज साह सोनार,जसपाका राम कुमार साह,आम जनता पार्टीका डा.प्रदीप जसवालसहित नेपका एमालेसहितका सयौं नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले गम्छा फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले सिम्रोनगढको गौरवको गाथा सुनाएका थिए ।

‘सिम्रोनगढले काठमाडौंमाथि पटक पटक आक्रमण गरेर कब्जा गरेको इतिहास छ । हामी एउटा शक्तिशाली राज्यको नागरिक थियौं । यसको गौरवमय इतिहास छ ।’

अध्यक्ष डा. राउतले भने, ‘म जब जब सिम्रोनगढ आउँछु,भावुक बन्ने गरेको छु । यहाँको भूमिमा आउँदा मलाई उर्जा मिल्छ ।हामीहरुलाई फेरी त्यो सिम्रोनगढको गौरवशाली इतिहासलाई ल्याउनुछ ।’

उक्त कार्यक्रममा मधेश प्रवेशका मुख्यमन्त्री सतिशकुमार सिंह,पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत ,मधेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह ,उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ,पार्टीका उपाध्यक्ष ई.वसन्त कुशवाहा,जिल्ला ईन्चार्ज शिवनाथ पटेल ,युवा नेता बिकास सिंह र उमेश दुबेसहितपार्टीका नेताकार्यकर्ताहरुको उपस्थित रहेका थियो।

प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार १९:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !