दुई नेपाली युवतीलाई भारत लैजाँदै गरेका युवक प्रहरीको फन्दामा

दुई नेपाली युवतीलाई भारत लैजाँदै गरेका युवक प्रहरीको फन्दामा
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार १८:२०
दुई नेपाली युवतीलाई भारत लैजाँदै गरेका युवक प्रहरीको फन्दामा

जनकपुरधाम : पर्साको वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव बेचबिखनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकै सोमबार साँझ ६:३० बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारततर्फ जान लागेका दुई युवतीलाई रोकी जाँच गर्दा घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती युवतीहरूलाई साथमा रहेका युवकले भारत लगेर राम्रो आम्दानी हुने भन्दै कपडा कारखानामा काम लगाइदिने प्रलोभन देखाएर भारत तर्फ लैजाँदै थिए।

पक्राउ परेका युवक धादिङको गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजन भुजेल हुन्।

उनले युवतीहरूलाई हेटौंडा र वीरगञ्जको कारखानामा राम्रो कमाइ हुने भन्दै फकाएर भारत लैजान लागेको बताइएको छ।

प्रहरीले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका भुजेललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मानव बेचबिखनको आशंका पुष्टि भएपछि कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार १८:२०

तपाईको प्रतिक्रिया !