जनमत पार्टीका अध्यक्ष डा.राउतद्वारा सप्तरीमा तीन योजनाको शिलान्यास

जनमत पार्टीका अध्यक्ष डा.राउतद्वारा सप्तरीमा तीन योजनाको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार १८:४६
जनमत पार्टीका अध्यक्ष डा.राउतद्वारा सप्तरीमा तीन योजनाको शिलान्यास

जनकपुरधाम : सप्तरीको राजविराज नगरपालिकामा  जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले तीन योजनाको शिलान्यास गरेका छन् ।

बुधबार राजविराज नगरपालिका-९ बिरौलमा अध्यक्ष डा.राउतले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो पटक शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

पहिलाको गठन आदेशको म्याद गुज्रिसकेकोले अब नयाँ गठन आदेशानुसार मधेश प्रदेश सरकारबाट ४ करोडको बजेट विनियोजन गरि पुर्वाधार निर्माण गर्न शिलान्यास गरिएको अध्यक्ष डा. राउतकाे भने ।

त्यसैगरी ,मधेश सरकारकै लागनीमा राजविराज- ९ मलेठमा गजेन्द्रनारायण सिंह स्मृति भवन र ओशो आश्रम तथा वृद्ध ध्यान केन्द्र भवनकाे पनि शिलान्यास गरिएको छ ।

शिलान्यास समारोहमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह,पार्टीको संगठन विभाग प्रमुख डा.जयकान्त राउत,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव,उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँसहितका पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार १८:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !