जनमतका महासचिव पुर्वमन्त्री सिंहद्वारा सामुदायिक भवनको शिलान्यास

जनमतका महासचिव पुर्वमन्त्री सिंहद्वारा सामुदायिक भवनको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २४, बुधबार ११:२५
जनमतका महासचिव पुर्वमन्त्री सिंहद्वारा सामुदायिक भवनको शिलान्यास

महोत्तरी : जनमत पार्टीका महासचिव तथा पूर्व यातायात मन्त्री चन्दन सिंहले आज जलेश्वर नगरपालिका–३ खैरा टोलमा एक सामुदायिक भवनको शिलान्यास गरेका छन्।

उक्त भवनको निर्माणका लागि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ।

पूर्वमन्त्री सिंहको सक्रिय पहलमा उक्त रकम प्रदेश सरकारबाट स्वीकृत भई सामुदायिक विकासका लागि भवन निर्माण प्रक्रिया सुरु गरिएको हो।

शिलान्यास समारोहमा जलेश्वर नगरपालिका-३ का वडाध्यक्ष रतन चौधरी, समाजसेवी जगन्नाथ साह र जलिल अन्सारीसहित स्थानीय बासिन्दाहरू पनि सहभागी थिए।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री सिंहले विकासका कामहरूमा आफू सधैं अग्रसर रहने प्रतिबद्धता जनाए। उनले स्थानीयस्तरमा आवश्यक पर्ने आधारभूत पूर्वाधारको निर्माणमार्फत जनताको जीवनस्तर उकास्नेतर्फ आफू क्रियाशील रहेको उल्लेख गरे।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार ११:२५

तपाईको प्रतिक्रिया !