पर्यटन विकास कार्यालय गौरको प्रमुखबाट मिश्रको जिम्मेवारमुक्त गरेपछि कार्यलयमा गरे होहल्ला

पर्यटन विकास कार्यालय गौरको प्रमुखबाट मिश्रको जिम्मेवारमुक्त गरेपछि कार्यलयमा गरे होहल्ला
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २२, सोमबार २१:३०
पर्यटन विकास कार्यालय गौरको प्रमुखबाट मिश्रको जिम्मेवारमुक्त गरेपछि कार्यलयमा गरे होहल्ला

जनकपुरधाम : पर्यटन विकास कार्यालय, गौर (रौतहट) मा प्रमुखको जिम्मेवारीबाट संजयकुमार मिश्रलाई हटाएपछि उनले कार्यलयमा होहल्ला गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले वैशाख १६ गते एक निर्णय गर्दै कार्यालय प्रमुखका रूपमा कार्यरत संजय कुमार मिश्रलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय, लहान, सिरहामा काज फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट, वैशाख १७ गते राजेश काफ्लेलाई गौरस्थित पर्यटन कार्यालयको निमित्त प्रमुखका रूपमा पठाइएको थियो ।

राजेश काफ्लेले कार्यालयमा दुई दिनअघि नै पदभार ग्रहण गरिसकेका छन् । तर, सोमबार संजय मिश्रले आफूले काज फिर्ता गरिएको आधिकारिक पत्र प्राप्त नगरेको भन्दै पुनः कार्यालयमा आएर जिम्मेवारी दाबी गरेपछि विवाद चुलिएको हो ।

मिश्रले आफू काज फिर्ता गरिएको पत्र प्राप्त नभएको दाबी गर्दै, “लेखा शाखामा पहिले नै एकजना उपस्थित रहेकाले काफ्लेलाई लेखामा खटाइएकोले उहालाई पुनः काजमा फिर्ता गर्ने पत्र आज लेख्ने छु’,भने ।

यता काफ्ले भने मन्त्रालयको निर्णय र पत्रको आधारमा वैधानिक रूपमा जिम्मेवारी सम्हालिसकेको बताउँछन् । काफ्लेका अनुसार, “निर्धारित प्रक्रिया अनुसार म कार्यालयको प्रमुखका रूपमा नियुक्त भएर नियमित काम गरिरहेको छु ।”

यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संजय मिश्रलाई काज फिर्ता गरिएको स्पष्ट पत्र बुधबार नै जारी गरेको थियो । कार्यालयका उपसचिव वासुदेव मल्लद्वारा हस्ताक्षरित पत्र अनुसार, मिश्रलाई लहानस्थित भू तथा जलाधार कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो ।

यसबीच, मिश्रमाथि कार्यालय छोड्न नमान्ने र योजनासम्बन्धी पत्रहरू अनियमित रूपमा वितरण गर्दै आएको आरोप समेत लागेको छ ।मिश्रले एउटा योजनाको पत्र दुईजनालाई दिएको घटना पनि सार्वजनिक भएको छ।

दुवै पक्षबीचको विवादले कार्यालयको नियमित काम प्रभावित भएको भन्दै कर्मचारीहरूले सरोकारवाला निकायको तत्काल हस्तक्षेपको माग गरेका छन् ।

यता,जिल्ला प्रहरी कार्यलय रौतहटले मिश्रलाई २४ घण्टा भित्र जिल्ला छोड्न आदेश दिएको छ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार २१:३०

तपाईको प्रतिक्रिया !