नीति तथा कार्यक्रममाथि राप्रपाको टिप्पणी : टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो

नीति तथा कार्यक्रममाथि राप्रपाको टिप्पणी : टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १९, शुक्रबार १८:२९
नीति तथा कार्यक्रममाथि राप्रपाको टिप्पणी : टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नीति तथा कार्यक्रमलाई ‘टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो’ भएको टिप्पणी गरेको छ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम, पुरानो ढर्राको च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिनेछ, भनिनेछ, सुनिनेछ। भन्ने सुगारटाइ जस्तो।’

उनले नीति तथा कार्यक्रममा युवाको रोजगारीको कुनै विषय नआएको पनि बताएका छन्। ‘न त युवाको रोजगारीको लागि, न त देशका लागि,’ उनले भनेका छन्।

उनले नीति तथा कार्यक्रम सिर्फ भ्रष्टाचारीलाई संरक्षण र संस्थागत गर्न आएको भन्दै आरोपित गरेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १८:२९

तपाईको प्रतिक्रिया !