सप्तरीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १९, शुक्रबार १०:१९
सप्तरीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु

राजविराज : सप्तरीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा न.पा ५ कुशहामा बाटोको साईडमा रोकिरहेको राखेको प्र २-०१-००१ क ००४५ नं को टिपरमा कदमहाबाट कडरबोना तर्फ आउदै गरेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राति १ बजे भएको यो दुर्घटनामा तत्काल नाम थर वतन नखुलेको अं वर्ष ४० का मोटरसाइकल चालकको टाउको सहित शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर अवस्थामा रहेको, उपचारको लागी प्रादेशिक अस्पताल लाहान सिरहा लगिएको थियो ।

उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र लाश त्यहीँ अस्पतालमा नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १०:१९

तपाईको प्रतिक्रिया !