पर्यटनमन्त्री सकिल अलिद्वारा वाउण्ड्रीवाल तथा मन्दिरको शिलान्यास

पर्यटनमन्त्री सकिल अलिद्वारा वाउण्ड्रीवाल तथा मन्दिरको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १६, मंगलवार १४:२४
पर्यटनमन्त्री सकिल अलिद्वारा वाउण्ड्रीवाल तथा मन्दिरको शिलान्यास

जनकपुरधाम : मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले गोरपारमा मन्दिरको वाउण्ड्रीवाल तथा मन्दिर निर्माण कार्यको शिलान्यास गरेका छन् ।

मंगलबार कंचनरुप नगरपालिका -३ गोरपारस्थित खंग टोलमा एक कार्यक्रमबीच पर्यटनमन्त्री सकिलले भगवती मन्दिरको वाउण्ड्रीवाल तथा डिहवार बाबा मन्दिर निर्माणको शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट २५ लाख रकम उक्त वाउण्ड्रीवाल तथा मन्दिर निर्माणको लागि विनियोजन गरिएको छ।

यसै, आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी मन्त्रालयबाट कार्य आदेश दिएको हो।

उक्त शिलान्यास कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरु,स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार १४:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !