मुख्यमन्त्रीको अनुगमनमा राहुलले रक्तदान गरेपछि वृद्धआमाको शल्यक्रिया सफल

मुख्यमन्त्रीको अनुगमनमा राहुलले रक्तदान गरेपछि वृद्धआमाको शल्यक्रिया सफल
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ बैशाख १४, आईतवार ०१:०२
मुख्यमन्त्रीको अनुगमनमा राहुलले रक्तदान गरेपछि वृद्धआमाको शल्यक्रिया सफल

जनकपुरधाम : बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा एक वृद्धआमाको शल्यक्रियाका लागि धनुषाका राहुल साहले रक्तदान गरेका छन् ।

शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसंगै राहुल साह पनि बाराको कलैयास्थित प्रादेशिक अस्पताल अनुगमनको क्रममा गएका थिए ।

उक्त अस्पतालमा रक्त अभावले एक वृद्धआमाको शल्यक्रिया रोकिएको खबर मधेशका मुख्यमन्त्री सिंहले पाए । उनले तत्कालै रगत खोज्न पहल थालेपछि संयोगले सोही रक्तसमूहका रक्त राहुल साहसंग मिल्यो ।

मानवीय जीवनरक्षाको लागि राहुल साहले आफ्नो रगत रक्तदान गरि वृद्धआमाको शल्यक्रिया सफल गराउन अहम् भुमिका निर्वाह गरे ।

राहुल साहको संवेदनशीलता र सक्रियताले वृद्ध आमाको ज्यान बचाएको मात्रै होइनन् ।उनले अस्पतालमा सेवाभाव र मानवीयताको उदाहरण प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनलाई अबदेखि रगतको अभावले कुनै पनि शल्यक्रिया रोकिन नपरोस् भन्ने उद्देश्यले रक्त व्यवस्थापन प्रणालीलाई अझ व्यवस्थित र थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका हुन् ।

मुख्यमन्त्री सिंहले भने, ‘रक्तदान जीवनदान हो। समयमै सक्रिय भएर हाम्रा साना पहलहरूले ठूलो परिणाम दिन सक्छन्, आज प्रमाणित भएको सुनाए।’ राहुललाई अस्पताल प्रशासन,पीडित परिवारले धन्यवाद व्यक्त गरिएको हो।

प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार ०१:०२

तपाईको प्रतिक्रिया !