कांग्रेसले गर्‍यो धनुषामा लिङ्देनको पुतला दहन

कांग्रेसले गर्‍यो धनुषामा लिङ्देनको पुतला दहन
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार १२:३०
कांग्रेसले गर्‍यो धनुषामा लिङ्देनको पुतला दहन

जनकपुरधाम : धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन्।

हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए।

ADVERTISEMENT

उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै आज नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुतलासमेत जलाएका हुन्।

लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन्। लिङ्देनले उनको अभिव्यक्तिप्रति माफि नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार १२:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !