मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन नेताहरुलाई जनमतको आग्रह

मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन नेताहरुलाई जनमतको आग्रह
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १३, शनिबार ११:१८
मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन नेताहरुलाई जनमतको आग्रह

काठमाडौँ : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आगामी वैशाख १७ गते पार्टी एकताको घोषणा हुन गइरहेको छ । दुवै पार्टी यसको व्यापक तयारीमा जुटेका छन् ।

एकीकरणको विषयमा थप छलफलका लागि भन्दै जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी मंगलबार बेलुका ६ बजे पार्टीको कार्यालय मध्यवानेश्वरमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन नेताहरूलाई आग्रह गरिएको छ ।

बुधबार हुने पार्टी एकता कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन आमन्त्रण पनि गरिएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १३, शनिबार ११:१८

तपाईको प्रतिक्रिया !