श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरीको फन्दा

श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरीको फन्दा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ बैशाख ११, बिहीबार १९:१९
श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरीको फन्दा

जनकपुरधाम : सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन्।

कञ्चनरुप नगरपालिका-८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत फेला परेका हुन्

बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत फेला परेपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

घटना शंकास्पद देखिएपछि उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ। श्रीमती मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १९:१९

तपाईको प्रतिक्रिया !