खरसालमा पुर्व शिक्षामन्त्री यादवले गरे विद्यालय भवनको शिलान्यास

खरसालमा पुर्व शिक्षामन्त्री यादवले गरे विद्यालय भवनको शिलान्यास
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ बैशाख १०, बुधबार १३:४५
खरसालमा पुर्व शिक्षामन्त्री यादवले गरे विद्यालय भवनको शिलान्यास

जनकपुरधाम : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका पूर्व शिक्षामन्त्री महेशप्रसाद यादवले राजविराज नगरपालिकास्थित एक विद्यालयको दुईकोठे भवन शिलान्यास गरेका छन् ।

बुधबार राजविराज नगरपालिका–६ खरसालस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा एक कार्यक्रमबीच दुईकोठे भवनको पुर्व शिक्षामन्त्री यादवले शिलान्यास गरेका हुन् ।

सो विद्यालय भवन निर्माण गर्नका लागि मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयबाट २५ लाख रकम विनियोजन गरिएको थियो ।

शिलान्यास कार्यक्रममा जनमत पार्टी राजविराजका नगरअध्यक्ष प्रकाश चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकलाल यादव, विद्यालयका प्रधानाध्यापक ममता वर्मालगायतका स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार १३:४५

तपाईको प्रतिक्रिया !