हनुमाननगरमा कृषि विद्युतीकरणको उत्कृष्ट नमूना : किसानलाई मीटर र बिलको झन्झट हटाइयो

हनुमाननगरमा कृषि विद्युतीकरणको उत्कृष्ट नमूना : किसानलाई मीटर र बिलको झन्झट हटाइयो
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २३, शनिबार १४:३८
हनुमाननगरमा कृषि विद्युतीकरणको उत्कृष्ट नमूना : किसानलाई मीटर र बिलको झन्झट हटाइयो

राजविराज : सप्तरी जिल्लाको हनुमाननगर नगरपालिकामा कृषि विद्युतीकरणको क्षेत्रमा जनमत पार्टीले नयाँ र उदाहरणीय पहल थालेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको पहलमा नगरपालिकाले मास्टर मीटर जडान गरी किसानलाई व्यक्तिगत मीटरको आवश्यकता नरहने व्यवस्था मिलाएको हो।

नगरपालिकाले मास्टर मीटरको माध्यमबाट कृषि प्रयोजनका लागि प्रयोग हुने सम्पूर्ण विद्युतको बिल तिर्ने जिम्मेवारी लिएको छ, जसले गर्दा किसानहरूलाई मीटर जडान गर्नुपर्ने र मासिक बिल तिर्ने झन्झटबाट छुट दिइएको छ।

विशेषतः हनुमाननगर नगरपालिका वडा नम्बर ४ गंगापुर र वडा नम्बर १ भारदह क्षेत्रका केरा खेती गर्ने किसानहरू यस योजनाबाट लाभान्वित भएका छन्। किसानहरूसँग लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) नभएको कारण विद्युत् मीटर जडानमा समस्या हुने गरेको थियो। अब मास्टर मीटरको व्यवस्था भएपछि यस्तो समस्या समाधान भएको छ।

स्थानीय किसानहरूले यो योजनाबाट राहत महसुस गरेको बताएका छन्। नगरपालिकाले सामूहिक रूपमा बिल तिरेर कृषि उत्पादनमा विद्युत पहुँच सुनिश्चित गरेपछि खेतीपातीमा लागत घट्ने र उत्पादन बढ्ने विश्वास गरिएको छ।

कृषि विद्युतीकरणमा हनुमाननगरको यो पहललाई प्रदेशभरका स्थानीय तहका लागि उदाहरणीय नमूना मानिएको छ।यस नगरपालिकामा जनमत पार्टीबाट नगरप्रमुखमा बिरेन्द्र माझीले चुनाव जितेपछि उनले विभिन्न उदाहरणीय कार्यहरु गर्दै आइरहेको स्थानीयहरुले बताउँछ । नगरप्रमुख माझीले जनताको मनोभावना अनुसार काम गरिरहेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र २३, शनिबार १४:३८

तपाईको प्रतिक्रिया !