सप्तरीमा सीके राउतद्वारा स्पेस एन्ड कम्पुनिकेसन रिसर्च सेन्टरको शिलान्यास

सप्तरीमा सीके राउतद्वारा स्पेस एन्ड कम्पुनिकेसन रिसर्च सेन्टरको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २२, शुक्रबार २०:०८
सप्तरीमा सीके राउतद्वारा स्पेस एन्ड कम्पुनिकेसन रिसर्च सेन्टरको शिलान्यास

राजविराज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सप्तरीको दिघवामा ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’ गरी तीन योजनाको भवन शिलान्यास गरेका छन् ।

शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’को अध्यक्ष डा.सीके राउतले शिलान्यास गरेका हुन् ।

ADVERTISEMENT

मधेश प्रदेश सरकारको १ करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयाँको लागतमा सो स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टरको भवन निर्माण हुन लागेको हो ।

उक्त शिलान्यास कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा.जयकान्त राउत,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पूर्व शिक्षामन्त्री महेश प्रसाद यादव,मधेश सरकारका उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँसहित पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार २०:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !