जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
मधेशपत्र मधेशपत्र २०८१ फाल्गुन १९, सोमबार १४:३१
जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

जनकपुरधाम : डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले फाल्गुन २५ र २७ गते बस्ने गरी बैठक बोलाएको बताएका छन् ।

मधेश प्रदेशका महोत्तरीको बर्दिबासस्थित होटेल पावन मिथिलामा बस्नेछ ।

केन्द्रीय समितिको बैठक लगत्तै मधेश प्रदेशको प्रदेश समन्वय समितिको बैठक बस्ने उनले बताए ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १९, सोमबार १४:३१

तपाईको प्रतिक्रिया !