मुख्यमन्त्रीको अनुगमनको विरोधमा मोर्चाबन्दीबारे जनमतले लियो संज्ञान

मुख्यमन्त्रीको अनुगमनको विरोधमा मोर्चाबन्दीबारे जनमतले लियो संज्ञान
मधेशपत्र मधेशपत्र २०८१ फाल्गुन ३, शनिबार १०:५३
मुख्यमन्त्रीको अनुगमनको विरोधमा मोर्चाबन्दीबारे जनमतले लियो संज्ञान

जनकपुरधाम : मधेशका अवैध तथा अनाधिकृत अस्पताललई नियमन गर्नेगरी अनुगमन गरिरहेका मधेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिँहको सो कार्यको विरोध गर्न मोर्चाबन्दी तथा जातीय संघसंगठनलाई उतार्ने विषयलाई जनताले हेरिरहेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको सचिवालयले जनाएको छ ।

सचिवालयले शनिबार सामाजिक सञ्जालमार्फत मधेशका अवैध अस्पतालहरूमा धमाधम विरामीहरू मर्दा, अलपत्र पर्दा र लूटिराखिँदा मुख्यमन्त्रीले गरेको अनुगमनमा २१ वटा अस्पताल अनाधिकृत रूपमा सञ्चालनमा रहेको भेटिएका जनाउँदै ती अस्पताललाई व्यवस्थित गरेर सञ्चालन गर्न अनुरोध गरिँदा मोर्चाबन्दी र जातीय संघ–संगठनलाई उतारेर गरिएका विरोधमाथि प्रश्न उठाएको हो ।

डा.राउतको सचिवालयले अनाधिकृत क्रसरहरूमा राति छापा मार्दा प्रदेशसभामै मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिइएको विषयमा समेत प्रश्न गर्दै प्रतिपक्षीको विरोध गर्ने एउटा तरिका पनि हुन्छ भन्ने सुझाउँदै जनताले सबै हेरिरहेको उल्लेख गरेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार १०:५३

तपाईको प्रतिक्रिया !