सहिदनगरमा जनमतको नगरस्तरीय बैठक सम्पन्न

सहिदनगरमा जनमतको नगरस्तरीय बैठक सम्पन्न
मधेशपत्र मधेशपत्र २०८१ माघ १९, शनिबार २१:५३
सहिदनगरमा जनमतको नगरस्तरीय बैठक सम्पन्न

जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिकामा जनमत पार्टीको नगर स्तरीय बैठक सम्पन्न भएको छ।

शनिबार जनमत पार्टी सहिदनगरका नगर अध्यक्ष श्री प्रसाद यादवको अध्यक्षतामा बसेको नगरस्तरीय बैठक पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा नगर पर्यवेक्षक रेखा मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा ‘यु ट्वान्टी फोर’ अभियानको विषयमा नेताकार्यकर्ताहरुसंग गहन छ्लफल भएको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए ।उनका अनुसार यस नगरपालिकामा रहेको जनमत पार्टीका सदस्यता नवीकरण ,पार्टीको अगामी कार्ययोजनालगाइतको विषयमा छलफल भएको छ।

साथै,माघ २३ गते भित्र सबै वडा कार्यसमितिको बैठक बस्ने निर्णय भएको संघका अध्यक्ष यादवले जानकारी दिए।

बैठकमा पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, प्रदेश सदस्य रामपुकार यादव, लक्षमेश्वर यादव,बिजय यादव,पंकज मधेसी,अनिता यादव र लालु यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८१ माघ १९, शनिबार २१:५३

तपाईको प्रतिक्रिया !