वीरगन्जमा विभिन्न पार्टीका दुई सयभन्दा बढी जनमतमा प्रवेश ,मन्त्री सकिलले गरे स्वागत

वीरगन्जमा विभिन्न पार्टीका दुई सयभन्दा बढी जनमतमा प्रवेश ,मन्त्री सकिलले गरे स्वागत
मधेशपत्र मधेशपत्र २०८१ माघ १४, सोमबार १८:०४
वीरगन्जमा विभिन्न पार्टीका दुई सयभन्दा बढी जनमतमा प्रवेश ,मन्त्री सकिलले गरे स्वागत

वीरगन्ज : पर्सा जिल्लामा विभिन्न पार्टी परित्याग गरि दुई सयभन्दा बढी नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार युवा जनमत संघ पर्साले पार्टीको कार्यलयमा आयोजना गरिएको कार्यसमिति विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका उद्योग ,वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले उनिहरुलाई प्रवेश गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको उद्योगमन्त्री मियाँले युवा नेता कर्मठ बहादुर सिंह,गोबिन्द साह,साहिल साह,निकेश कुमार,प्रदीप यादव,बिकाश रौनियार,आदित्य साह,बिनेश यादव,प्रदीप पटेलसहित दुई सयभन्दा बढी युवा नेताहरुलाई पार्टीमा भित्र्याएका हुन् ।

नवप्रवेशीहरुलाई मन्त्री मियाँले फुलको माला ,गम्छा र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य माधव सिह, केन्द्रिय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ,केन्द्रिय सदस्य सिपु तिवारी, अनुराग द्धिवेदी,बिध्यालाल प्रसाद,युवा जनमत संघका केन्द्रिय संयोजक संजय यादव,युवा नेता संजय सिह,महादेव शर्मा,राजुराज गिरी र मनोज साहलगाइतको पनि उपस्थिति रहेको थियो।

कार्यक्रम युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०८१ माघ १४, सोमबार १८:०४

तपाईको प्रतिक्रिया !