मधेश सरकारले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह

मधेश सरकारले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८१ माघ १२, शनिबार १५:१३
मधेश सरकारले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्नेगरी काम अघि बढाएको छ: मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले फागुन अन्तिमसम्म ७० प्रतिशत बजेट खर्च गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् ।

रातोपाटीका टिमसँगको भेटघाटको क्रममा मुख्यमन्त्री सिंहले हालसम्म १० अर्बभन्दा बढीको टेन्डर भइसकेको जानकारी दिए ।

प्रदेशसभाले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्ने गरी प्रदेश सङ्कल्प प्रस्ताव पारित गरेकोले पनि आगामी कामहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

प्रदेशसभाको गत आइतबारको बैठकले उपभोक्ता समितिबाट काम गर्न बजेट संशोधनसम्बन्धी सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।

प्रस्तावमा ५० लाख रुपैयाँभन्दा माथिका काम अनिवार्य ठेक्का प्रक्रियाबाट गर्ने र अन्यको हकमा नेपालको सार्वजनिक खरिद ऐनअनुसार गर्ने भनिएको छ ।

प्रदेश सरकारले एकैखालका विकास योजनालाई एकीकृत गरेर विनियोजन गरेको काम र रकमसमेत बाँडफाँट गरिने उल्लेख छ ।

मधेस सरकारले चालु आवमा हालसम्म ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बजेट खर्चमा प्रदेश सरकार उदासीन बनेको आरोपपछि पछिल्लो समय टेन्डर प्रक्रियालाई तीव्रता दिइएको हो ।

प्रकाशित मिति: २०८१ माघ १२, शनिबार १५:१३

तपाईको प्रतिक्रिया !