संघीय सरकार एकात्मक सोचबाट माथि उठ्न सकेन : मुख्य न्यायाधिवक्ता महतो

संघीय सरकार एकात्मक सोचबाट माथि उठ्न सकेन : मुख्य न्यायाधिवक्ता महतो
मधेशपत्र मधेशपत्र २०८१ माघ ११, शुक्रबार १५:४४
संघीय सरकार एकात्मक सोचबाट माथि उठ्न सकेन : मुख्य न्यायाधिवक्ता महतो

काठमाडौँ : मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताएका छन्।

उनले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुले बाध्यतावश संघीयता स्वीकारे पनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चलाइरहेको आरोप लगाए।

उनले मधेश आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दावीसमेत गरे। उनले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए।

मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवश हक हस्तान्तरण नगरेको आरोप पनि लगाए। उनले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेशमातहत रहने व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन नसकेको बताए।

उनले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताए। प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताए।

उनले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासनलगायतलाई अहिले पनि संघ सरकारले आफ्नै नियन्त्रणमा राखेको बताए।

‘संघीयतालाई मजबुत बनाउन प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ। प्रदेशलाई केन्द्रीय सरकारबाट नियतवस हक हस्तान्तरण भइरहेको छैन भन्ने सवालमा मधेशमात्र होइन सातवटै प्रदेशले एकस्वरमा आवाज उठाइरहेका छन्। हिजोको दिनमा मधेस प्रदेशको आन्दोलनको कारणले संघीयता आएको हो‚’ उनले भने, ‘संघ सरकार अहिले पनि एकात्मक सोचबाट सरकार माथि उठिरहेको अवस्था छैन। प्रदेशको शासन व्यवस्था नै प्रदेश सरकारको नियन्त्रणमा रहने संविधानको ग्यारेन्टी छ। संघले प्रदेश प्रहरीलाई समायोजन गर्ने जुन ऐन बनाएको छ‚ ६ वर्षसम्म पनि कार्यान्वयनमा ल्याएको छैन। देश चलाइरहेका राजनीतिक दलहरुको मानसिकता अहिले पनि एकात्मक छसरकार हाँक्ने निजामती प्रशासन पनि एकात्मक माइन्डसेटबाट काम गरिरहेको छ।’

प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार १५:४४

तपाईको प्रतिक्रिया !