जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
मधेशपत्र मधेशपत्र २०८१ माघ ८, मंगलवार १६:०९
जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आगामी फागुन २५ र २६ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

उनका अनुसार बैठकको बस्ने स्थान तय भएको छैन । केन्द्रीय समिति बैठकअघि आगामी शुक्रबार केन्द्रीय कार्यकारिणी समिति भर्चुअल माध्यबाट बस्ने र शनिबार पार्टीबाट निर्वाचित वडाध्यक्ष, पालिका अध्यक्ष, प्रमुख, उपाध्यक्षको बैठक भौतिक उपस्थितिमा हुने बताए ।

बैठक केन्द्रीय कार्यालय काठमाडौंमै हुनेछ ।

भौतिक उपस्थितिमा केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि आइतबार भर्चुअल माध्यमबाट बैठक बस्ने मण्डलले बताए ।

प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार १६:०९

तपाईको प्रतिक्रिया !