सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक

सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक
मधेशपत्र मधेशपत्र २०८१ माघ ६, आईतवार १६:४०
सिंहदरबारमा सत्ताधारी मधेसवादी दलको बैठक

काठमाडौँ : मधेसवादी दलको बैठक सिंहदरबारमा बसिरहेको छ । संविधान संशोधनलगायत अन्य समसामयिक विषयमा छलफल गर्नका लागि मधेसवादी दलको बैठक बसेको हो ।

बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

मधेसवादी दलहरूको बिचमा मोर्चाबन्दी बनाउने गृहकार्य भइरहेका बेला सत्तामा रहेका मधेस केन्द्रित दलहरूको बैठक बसेको हाे । संविधान संशोधनलगायत सरकार सञ्चालनका विषयमा कांग्रेस–एमालेले मात्र छलफल गरिरहेका छन् ।

बैठकमा याे विषयमा पनि छलफल गरिने सहभागी एक नेताले बताए ।

प्रकाशित मिति: २०८१ माघ ६, आईतवार १६:४०

तपाईको प्रतिक्रिया !