मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्‍यो कार्यदल गठन

मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्‍यो कार्यदल गठन
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ पुष २२, सोमबार १२:३८
मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्‍यो कार्यदल गठन

काठमाडौं : मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमत पार्टीले दुई सदस्य कार्यदल बनाएको छ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव कार्यदलमा रहेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ।

ADVERTISEMENT

उनका अनुसार आइतबार जनमत पार्टीले केन्द्रिय सचिवालय समितिबाट निर्णय गर्दै मोर्चाबन्दी गर्न कार्यदल गठन गरेको हो।

पछिल्लो समय मधेशकेन्द्रित दल मोर्चाबन्दी र एकताको प्रयत्न थालेका छन्। अधिकांश दलहरूले कार्यदल बनाएर पार्टी एकता थालेका हुन्।

प्रकाशित मिति: २०८१ पुष २२, सोमबार १२:३८
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !