विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा यादव मनोनीत

विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा यादव मनोनीत
मधेशपत्र मधेशपत्र २०८१ पुष ७, आईतवार २०:५९
विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा यादव मनोनीत

जनकपुरधाम : डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी सङ्गठन विद्यार्थी जनमत संघको केन्द्रीय संयोजकमा पोषणकुमार यादव मनोनीत भएका छन् ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई संयोजकमा मनोनीत गरेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलद्वारा जारी विज्ञप्तिअनुसार यादवको कार्यकाल आजैको मितिदेखि सुरु भएको छ ।

विज्ञप्तिमा यादवको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

प्रकाशित मिति: २०८१ पुष ७, आईतवार २०:५९

तपाईको प्रतिक्रिया !