गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा
मधेशपत्र मधेशपत्र २०८१ मंसिर १८, मंगलवार १७:०१
गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

जनकपुरधाम : बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा घोषणा गरिएको बताए ।

प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार १७:०१

तपाईको प्रतिक्रिया !