भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
मधेशपत्र मधेशपत्र २०८१ मंसिर ६, बिहीबार १५:०९
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं : भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी पदको दर्जा प्रदान गरिएको छ ।

शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका हुन्।

ADVERTISEMENT

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

पाँच दिने औपचारिक भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं आइपुगेका हुन् । द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २०८१ मंसिर ६, बिहीबार १५:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !