सामुदायिक विद्यालयको अवस्थाप्रति सांसद यादव चिन्तित

सामुदायिक विद्यालयको अवस्थाप्रति सांसद यादव चिन्तित
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १७, शनिबार २२:०६
सामुदायिक विद्यालयको अवस्थाप्रति सांसद यादव चिन्तित

जनकपुरधाम: सामुदायिक विद्यालयहरुको वर्तमान अवस्थाप्रति सिरहा क्षेत्र नम्बर -२ (क)बाट निर्वाचित सांसद संजयकुमार यादव चिन्तित बनेको छ।उनले विद्यालयको गुणस्तरीयता सुधारको लागि पहलको आवश्यकता रहेको बताए।

“सामुदायिक विधालयमा गुणस्तरीय शिक्षा” विचार गोष्ठी तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सरकारी विद्यालयहरुको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनले विद्यालयमा राजनीति पसेपछि मात्र दुदर्शा भएको सुनाए ।

सो निर्वाचन क्षेत्रको बरियारपट्टिस्थित रहेको जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको चियापान तथा विचार गोष्ठीमा उनले विद्यालयमा राजनीतिकरण गर्दाको परिणाम अहिलेका सन्ततिले भोग्दै आएको बताए । यसलाई विशुद्ध रुपमा राजनीतिरहित बनाउन सबैमा आग्रह गरे ।

निर्वाचन क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, शिक्षक शिक्षिका, विद्यालय कर्मचारीसहित जनप्रतिनीधिहरुको सहभागीतामा साँसद यादवले कम्तीमा विद्यालयलाई राजनीतिरहित बनाउनुप्रति जोड दिए ।

उपसचिव सुनिल पासवनको विशेष आतिथ्यमा आयोजना गरिएको सो विचार गोष्ठी तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । प्रथम पटक कुनै जनप्रतिनीधिले यस्ता कार्यक्रम गराएको दाबी गरिएको छ ।

कार्यक्रममा जनता मा.वि का प्रधानाध्यापक विरवल यादव, जनता माध्यमिक विधालय दौरीपट्टिका उमेश प्रसाद साह, जनता माध्यमिक विधालय सोनवर्साका प्रधानाध्यापक मुरारी शर्माको विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार २२:०६

तपाईको प्रतिक्रिया !