कमला नदीमा बासको अस्थायी पुल निर्माण, मोटरसाइकलको २० रुपैयाँ लाग्ने

कमला नदीमा बासको अस्थायी पुल निर्माण, मोटरसाइकलको २० रुपैयाँ लाग्ने
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ कार्तिक १७, शनिबार २१:१२
कमला नदीमा बासको अस्थायी पुल निर्माण, मोटरसाइकलको २० रुपैयाँ लाग्ने

सिरहा : सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।

कमला नदीको पुल भत्केपछि नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले उक्त पुल निर्माण गरेको हो ।

नदी पार गर्न साइकल यात्रुबाट शुल्क नलिए पनि मोटरसाइकल चालकबाट भने रु २० शुल्क लिने गरिएको सिरहा–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताए । सिरहा नगरपालिकाले पुलको दुवैतर्फ नगरपालिकाका कर्मचारी खटाएको छ ।

यसअघि व्यक्तिगतरुपमा पुल निर्माण गरी रकम लिने गरेकामा अब भने नगरपालिकाले यसबाट राजश्वज सङ्कलन गर्ने उनले बताए ।

“सङ्कलन भएको रकमबाट पुल मर्मत सम्भार गरिने छ”, वडाध्यक्ष यादवले भने ।

हुलाकी सडकअन्तर्गत सप्तरी–सिरहा खण्डमा सडक कालोपत्र गरिए पनि कमला नदीमा पक्की पुल नबन्दा सर्वसाधारणलाई समस्या भएको थियो ।

यसअघि निर्माण गरिएको कमला नदीको पक्की पुल २०७८ असार १७ गतेको बाढीले भाँसिएको थियो । त्यसयता उक्त पुल पुनःनिर्माण हुन नसकेको वडाध्यक्ष यादवले बताए ।

 

प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार २१:१२

तपाईको प्रतिक्रिया !