मधेशमा हुराहुरी पर्व मनाइँदै

मधेशमा हुराहुरी पर्व मनाइँदै
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १७, शनिबार १५:४८
मधेशमा हुराहुरी पर्व मनाइँदै

जकपुरधाम : तिहारको चौथौ दिन शनिबार धनुषाको कमला नगरपालिकासहित तराई/मधेशमा हुराहुरी पर्व मनाइँदै छ ।

गौ संरक्षण गर्ने उद्देश्यले मनाइने हुराहुरीमा पशुद्वारा पशुपशुलाई नै ह’त्या गराइने सदियौदेखी चल्दै आइरहेको चलन रहेको कमला नगरपालिका – ४ बरेर्वाका ७५ वर्षीय राम सोभित कुसियैतले बताए ।

बिस्तारै यो पर्व लोप हुने अवस्थामा पुगे पनि धनुषाको कमला नगरपालिकाको बरेर्बा,सघारा,लगमा,जनकपुरधामको कवड हल, शिवपुर, रमदैया लगायतका स्थानमा हुँदै आएको छ ।

गाउँको नजिकैको खेल मैदान वा चौरमा मनाइने हुराहुरीमा गाई, भैँसीले लखेटी लखेटी सुगरलाई मार्ने गर्छन् । गाई वा भैँसीले सुगर मारेपछि सुगरलाई मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । वर्षभरि एक चोटि मनाइने सो पर्व हेर्न सयौँ स्थानीयवासीको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार १५:४८

तपाईको प्रतिक्रिया !