रौतहटमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

रौतहटमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १६, शुक्रबार २१:११
रौतहटमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

रौतहट : रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धाको मृत्यु भएको छ।

फतुवाबिजयपुर नगरपालिका–११ बटुवा निवासी ७० वर्षीय पातली माया घिसिङको हात्तीको आक्रमण बाट मृत्यु भएको छ।

मृतक घिसिङ र श्रीमान् मात्रै जङ्गल क्षेत्रमा घर बनाई बसोबास गर्दै आएका थिए। हात्तीले घर भत्काउन थालेपछि दुवै जना भाग्ने क्रममा घिसिङलाई घर भन्दा २० मिटर पर आक्रमण गरी मारेको हो भने उनका श्रीमान् बुद्धिमान दोङ भागेर ज्यान जोगाएका थिए।

ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरीक्षक इन्द्रमान अधिकारीले घिसिङको शव पोस्टमार्टम गरी परिवारजनलाई बुझाउने बताए। केही दिन देखि रौतहटको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले किसानको बाली नष्ट गर्दै आएको छ।

प्रकाशित मिति: २०८१ कार्तिक १६, शुक्रबार २१:११

तपाईको प्रतिक्रिया !