जनकपुरधामका तीनवटा आश्रममा मुख्यमन्त्री सिंहले मनाए दीपावली

जनकपुरधामका तीनवटा आश्रममा मुख्यमन्त्री सिंहले मनाए दीपावली
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८१ कार्तिक १६, शुक्रबार १९:०२
जनकपुरधामका तीनवटा आश्रममा मुख्यमन्त्री सिंहले मनाए दीपावली

जनकपुरधाम : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न आश्रमहरुमा दीपवाली मनाएका छन् ।

मुख्यमन्त्री सिंहले यो वर्ष प्रदेशको राजधानी जनकपुरधामस्थितका तीनवटा आश्रमहरुमा पुगेर दीपवाली मनाएका हुन ।

मुख्यमन्त्री सिंहले खासगरी जनकपुरको तीनवटा आश्रममा पुगेर दीपावलीको शुभकामना आदानप्रदान गरेको छ ।

जनकपुरधामको मानवसेवा आश्रम, कबीर बाल आश्रम र जानकी वृद्धाश्रममा पुगेर मुख्यमन्त्री सिंहले दीपावलीको शुभकामना आदानप्रदान गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तीनवटै फरकफरक आश्रममा पुगेका मुख्यमन्त्री सिंह खानासहित अन्य परिकार खुवाएर दीपावली मनाए ।

मुख्यमन्त्री सिंहले मानवसेवा आश्रममा रहेका आमाबुवा दाजुभाइ दिदीबहिनी, बाल आश्रमका लालाबाला र जानकी वृद्धाश्रमका आमाहरुसंग रमाइलो गरेर उत्सव मनाएका हुन ।

दीपावली उज्यालो तथा भाइचाराको पर्व रहेकोले आफन्तसंग रमाइलो गर्न नपाएकाहरुसंग खुसी साटासाट गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह तीनवटै आश्रममा गएको उनी बताउँछन् ।

मुख्यमन्त्री सिंह भन्छन्, ‘तपाइँ/हाम्रो परिवार छ, हामी आफ्नो परिवारसंग चाँडपर्वमा रमाइलो गर्छौ । खुसी हुन्छौं । तर यी आश्रममा रहेकाहरुको अधिकांशको परिवार हुँदैनन्, कोही मानसिक रोगी हुन्छन् । अनि उहाँहरु यी चाँडपर्वहरु आफ्नो परिवारसंग नमनाउदा खल्लो हुन्छ । त्यसकारण उहाँहरुसंग दीपावली मनाउन गएका हुँ ।’

उनका अनुसार हामी सबै मिलेर आश्रममा रहेकाहरुको जीवन सुन्दर बनाउनुपर्छ । उनले भने–यो हाम्रो धर्म हो, जिम्मेवारी पनि हो ।

तीनवटा आश्रममा पुगेका मुख्यमन्त्री सिंहले काही खाना खुवाएको थिए भने काही लालाबालहरुसंग पटका पड्काएर खुसी साटासाट गरेका थिए ।

प्रकाशित मिति: २०८१ कार्तिक १६, शुक्रबार १९:०२

तपाईको प्रतिक्रिया !