सप्तरीमा फरार रहेका २४ जना प्रतिवादी पक्राउ

सप्तरीमा फरार रहेका २४ जना प्रतिवादी पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १३, मंगलवार १७:५०
सप्तरीमा फरार रहेका २४ जना प्रतिवादी पक्राउ

राजविराज : विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले सोमवार उनीहरुलाई पक्राउ गरेको हो।वारदातपश्चात फरार रहेका ती प्रतिवादीहरुलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागुऔषध कसूरका प्रतिवादी छन्।अदालतले ५ रुपैयाँ जरिमानादेखि ७ दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

ADVERTISEMENT

त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट ३ लाख ९ हजार ६९५ रुपैयाँ भन्सार छली गरेको कपडासहित २ जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२ का २८ वर्षीय सञ्जय साह छन्।

प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार १७:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !