अख्तियारको ऐन संशोधनबारे छलफल गर्न सुशासन समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

अख्तियारको ऐन संशोधनबारे छलफल गर्न सुशासन समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १२, सोमबार १०:१८
अख्तियारको ऐन संशोधनबारे छलफल गर्न सुशासन समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीसहित छलफल गर्दैछ ।

बैठकमा प्रधामन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो ।

बैठक मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा बस्दैछ ।

प्रकाशित मिति: २०८१ कार्तिक १२, सोमबार १०:१८

तपाईको प्रतिक्रिया !