जनतासँग प्रत्यक्ष सरोकार राख्न मुद्दामा ध्यान दिएर काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

जनतासँग प्रत्यक्ष सरोकार राख्न मुद्दामा ध्यान दिएर काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ११, आईतवार १७:५३
जनतासँग प्रत्यक्ष सरोकार राख्न मुद्दामा ध्यान दिएर काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनतालाई पहिलो प्राथमिकतामा राखेर नेताकार्यकर्तालाई काम गर्नुपर्ने बताएका छन् ।

जनमत पार्टी पर्साले आइतबार वीरगन्ज महानगरपालिका-१९ विन्दवासिनीमा पार्टीको क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सो पार्टीका नेतासमेत मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।

उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको सेवामा दत्तचित्त भएर काम गर्न आग्रह गरे ।

लोकतन्त्रमा सबैभन्दा ठुलो सम्पत्ति जनता भएकोले आम नागरिकलाई राखेर पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न मुख्यमन्त्री सिंहले निर्देशन दिए ।

उनका अनुसार शिक्षा, स्वास्थ्य जस्ता गम्भीर मुद्दाहरूमा जनतासँग प्रत्यक्ष सरोकार भएका विषय हुन् । ‘त्यसकारण यस्ता मुद्दाहरूप्रति गम्भीर भएर जनताको पक्षमा काम गर्न आग्रह छ, जनताको घरमा हुने हरेक सानोसानो कार्यमा पनि सहभागिता जनाउन उत्तिकै जरुरी रहेको छ,’ उनले भने ।

यसैगरी मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ अन्तर्गत जगरनाथपुर गाउँपालिका-४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफसहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०८१ कार्तिक ११, आईतवार १७:५३

तपाईको प्रतिक्रिया !