उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा प्रवेश

उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १०, शनिबार २२:१७
उपेन्द्र नेतृत्वका पार्टीबाट निर्वाचित वडा सदस्यहरू अशोक नेतृत्वको पार्टीमा प्रवेश

पर्सा : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित चार जना वडा सदस्य अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।

पर्साको पर्सा गढी नगरपालिका – ४ मा निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।

त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा नेपालबाट निर्वाचित वडा सदस्य जगन महतो पनि जसपामा प्रवेश गरेका छन् ।

उनीहरूलाई जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले माला र खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०८१ कार्तिक १०, शनिबार २२:१७

तपाईको प्रतिक्रिया !