सूर्यदर्शन सहकारी प्रकरण : गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ

सूर्यदर्शन सहकारी प्रकरण : गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक ९, शुक्रबार १६:३८
सूर्यदर्शन सहकारी प्रकरण : गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ

काठमाडौं : सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका खनाललाई शुक्रबार काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी पनि हुन् । सहकारीको रकम नेचर हर्ब्समा ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धानका लागि कास्की पठाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार १६:३८

तपाईको प्रतिक्रिया !