रौतहटमा पेस्तोल र गोलीसहित दुर्गा मेलामा पुगेका भोला पक्राउ

रौतहटमा पेस्तोल र गोलीसहित दुर्गा मेलामा पुगेका भोला पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २७, आईतवार १७:५६
रौतहटमा पेस्तोल र गोलीसहित दुर्गा मेलामा पुगेका भोला पक्राउ

रौतहट : रौतहटमा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन् ।

देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट पेस्तोल र गोली सहित ५६ वर्षीय भोला राय यादव पक्राउ परेका हुन् ।

उनको साथमा मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउन्ड, म्यागजिन १ थान र सर्ट गनको २ राउन्ड गोली थियो ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०८१ आश्विन २७, आईतवार १७:५६

तपाईको प्रतिक्रिया !