राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २५, शुक्रबार १४:४२
राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

जनकपुरधाम: जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिनुभयो ।

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०८१ आश्विन २५, शुक्रबार १४:४२

तपाईको प्रतिक्रिया !