छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २३, बुधबार ११:०२
छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड

राजविराज : नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।

नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय बद्री पैकराले बताउनुभयो । भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् ।

घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् ।

प्रकाशित मिति: २०८१ आश्विन २३, बुधबार ११:०२

तपाईको प्रतिक्रिया !